पोखरा –१४ स्वागत नगर चाउथेमा अवस्थित पोखरा पब्लिक स्कूलबाट वि.सं. २०७१ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा बिदाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

pokhara public school slc batch 2071(new)विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सामाजसेवी वसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थामा आवद्घ व्यक्तित्वहरुले आ –आफ्नो धारणा राख्नु भएको थियो । वि. सं. २०७१ सालको प्रवेशिका परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये पश्चिमाञ्चल क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सक्षम सागर काफ्ले लगायतका समुत्तीर्ण विद्यार्थी भाईबहिनीहरुलाई बधाइ एवं आगामी दिनमा समेत परिवार ,समाज, मुलुक र विश्वकै निम्ति उदाहरणीय कार्य गर्न सक्ने शुभकामना समेत व्यक्त गरिएको थियो । वक्ताको रुपमा हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले अभिभावक विद्यार्थी एवम विद्यालय परिवारको अथक प्रयासले नै पश्चिमाञ्चल क्षेत्रमा नयाँ शैक्षिक उपलब्धी हासिल भएको बताउनुभयो ।pokhara public school slc batch 2071

कास्की प्याब्सनका अध्यक्ष चिनु रानाभाटले विद्यार्थीहरुलाई बधाई एवं शुभकामना ज्ञापन गदै विद्यालयले पश्चिमाञ्चल क्षेत्रकै शैक्षिक विकासमा ठुलो योगदान पु¥याएको कुरा बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्लाका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यले जुन ढङ्गले अङ्क हासिल गरेका छन् यसलाई निरन्तरता दिन सके मात्र अहिले प्राप्त गरेको अङ्कको सार्थकता रहने कुरा बताउनु भयो । विद्यार्थीहरुको तर्पबाट कास्की जिल्ला प्रथम सागर काफ्लेले एस.एल.सी परीक्षामा प्राप्तगरेको सफलतालाई आगामी दिनहरुमा समेत कायम राख्ने प्रतिबद्घता व्यक्त गर्नु भयो । कूल पूर्णाङक ८०० मा ७४२ अङ्कप्राप्त गरी ९२.७५ ५ प्रतिशत ल्याई विद्र्यालयको गरिमा बढाउने कार्य गरेका मेघावी छात्र सागर काफ्लेलाई यस कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

विद्यालयका संस्थापक प्राचार्य कृष्ण के.सी.ले सबैको प्रयासबाट नै विद्यालयले सफलता प्राप्त गर्न सकेको कुरा बताउनु भयो । विद्यालयको सल्लाहकार समितिका संयोजक हेरम्ब प्रसाद कोइरालाले ठुलो मान्छे बन्नुभन्दा पनि असलव्यक्ति बनी मुलुकको सेवा गर्न समुत्तीर्ण विद्यार्थी भाइबहिनीलाई शुभकामना दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई अभिभावको साथमा फुलको माला , अविर लगाएर बधाई दिइएको थियो भने उक्त कार्यक्रम सञ्चालन विद्यालयका प्रशासक जीवन परियारले गर्नुभएको थियो ।

Leave a Comment